
काठमाडौं, २० फागुन– प्रतिनिधिसभाका सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् । जेष्ठ सदस्यको हैसियतमा राष्ट्रपति भण्डारीबाट मैथिलीमा शपथ लिएका ठाकुरले सांसदहरुलाई भने नेपालीमै शपथ गराएका हुन् ।
शपथ ग्रहणका लागि सांसदहरु आफ्नो भेषभुसा र पहिरनमा संसद भवनमा पुगेका थिए ।
प्रतिनिधिसभामा २७५ सांसद छन् ।