२७ जेठ २०८३, बुधबार

कर्णाली मन्त्रिपरिषदद्वारा कानुनी परामर्श समिति गठन

फागुन २०, २०७४
कर्णाली मन्त्रिपरिषदद्वारा कानुनी परामर्श समिति गठन

सुर्खेत, २० फागुन - कर्णाली प्रदेशको दोस्रो मन्त्रिपरिषद् बैठकले कानुनी परामर्श समिति गठन गरेको छ । 

आज बसेको बैठकले मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उपेन्द्रकेशर खनालको संयोजकत्वमा पाँच सदस्यीय कानुन परामर्श समिति गठन गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । 

समितिका अन्य सदस्यमा कानुनका विज्ञहरु रहने उहाँले जानकारी दिनुभयो । त्यस्तै, बैठकले प्रदेशका सबै मन्त्रालयहरुले आवश्यक कानुन मस्यौदाका लागि कार्यदल बनाउन निर्देशन दिने निर्णय गरेको मन्त्री केसीले बताउनुभयो । 

बैठकले कर्णाली प्रदेशको प्रदेशसभालाई विजनेश दिन सबै मन्त्रालयले मन्त्रालयअन्तर्गतका प्राथमिकताका आधारमा कानुन मस्यौदा गर्न कार्यदल वनाई काम अगाडि वढाउने मन्त्री केसीको भनाइ छ । 

समितिले मन्त्रालयहरुका विधेयकलाई सहजीकरण गरी सभामा पेश गर्न सहयोग गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्