०५ असार २०८३, शुक्रबार

राष्ट्रपतिको निर्वाचन कार्यक्रम आजबाट, यस्तो छ सभामुख र राष्ट्रिय सभा अध्यक्ष निर्वाचन कार्यतालिका

फागुन २१, २०७४
राष्ट्रपतिको निर्वाचन कार्यक्रम आजबाट, यस्तो छ सभामुख र राष्ट्रिय सभा अध्यक्ष निर्वाचन कार्यतालिका

काठमाडौं, २१ फागुन– २९ फागुनको राष्ट्रपतिको निर्वाचन प्रक्रिया आज (सोमबार)बाट सुरु हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार २१ फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, २३ मा उम्मेदवारी मनोनयन र २९ फागुनमा निर्वाचन तोकिएको छ । राष्ट्रपति निर्वाचनका लागि संसद् भवन परिसर नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ ।

यस्तो छ सभामुख र राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कार्यतालिका
२५ फागुनः १० देखि दिउँसो १ बजेसम्म सभामुखका लागि प्रस्तावको सूचना दर्ता तथा दिउँसो १ः३० बजे सभामुख पदका लागि परेको उम्मेदवारीको सूची सार्वजनिक
२६ फागुनः दिउँसो १ बजे सभामुखको निर्वाचन प्रक्रिया
२७ फागुनः दिउँसो १ बजे प्रधानमन्त्रीले सभासमक्ष विश्वासको मत प्राप्त गर्न प्रस्ताव प्रस्तुत गर्ने र छलफल गरी मतविभाजन गरेर निर्णयार्थ प्रस्तुत गर्ने ।
२८ फागुनः राष्ट्रिय सभाका अध्यक्षको मनोनयन दर्ता र सूची सार्वजनिक
३० फागुनः राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन
२ चैतः प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन
४ चैतः राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्