३० असार २०८३, मंगलबार

नयाँ शक्तिले छान्यो १७ सदस्यीय सचिवालय, प्रदेश इन्चार्ज पनि तोकियो

फागुन २१, २०७४
नयाँ शक्तिले छान्यो १७ सदस्यीय सचिवालय, प्रदेश इन्चार्ज पनि तोकियो

काठमाडौं, २१ फागुन– नयाँ शक्ति पार्टीले सचिवालय तथा प्रदेश संयोजकहरुको चयन गरेको छ । 

लुम्बिनीमा सम्पन्न संघीय परिषद्को दोस्रो विस्तारित बैठकद्वारा पुनर्गठित महाधिवेशन आयोजक समितिको काठमाडौंमा बसेको दोस्रो बैठकले १७ सदस्यीय सचिवालय गठन गरेको छ ।

नवगठिन सचिवालयमा  डा. बाबुराम भट्टराई, कल्पना धमला, केशव दाहाल कृष्णकुमार चौधरी, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, डा। केशवमान शाक्य, दुर्गा सोव, देवीप्रसाद ओझा,। नवराज सुवेदी, परशुराम खापुङ, राजेन्द्रकुमार किराँती।

रामरिझन यादव, रुद्रबहादुर गुरुङ, सरुण बाठा मगर, हिसिला यमी,। संरक्षक परिषद्को संयोजक  रहेका छन् । त्यस्तै बैठकले प्रादेशिक इनचार्ज र संयोजक समेत छानेको छ । 
यी हुन् नयाँ शक्तिले छानेको प्रदेश इन्चार्ज र संयोजक–

प्रदेश इन्चार्ज र संयोजक 

१। राजेन्द्रकुमार किराँती र देवराज भण्डारी
२। रामरिझन यादव र सुशील यादव
३। गंगानारायण श्रेष्ठ र सोनामसिं स्याङतान
४। रुद्रबहादुर गुरुङ्ग र देवीप्रसाद सुवेदी
५। नवराज सुवेदी र दानबहादुर चौधरी
६। कर्णाली प्रदेश ( सरुण बाठा मगर र रामबहादुर बोहरा
७। कृष्णकुमार चौधरी  र प्रकाशबहादुर साउद
८। प्रवास ( हिसिला यमी र धनबहादुर गुरुङ्ग

त्यस्तै पार्टीले  प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । 
 
 बैठकले परशुराम खापुङ संयोजक रहने गरी अनुगमन तथा मूल्यांकन विभाग, देवी ओझा संयोजक रहने गरी राजनीतिक संवाद तथा जनपरिचालन विभाग, केशव दाहालको संयोजकत्वमा उत्पादन तथा स्वरोजगार विभाग, डा। राजेन्द्र केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा स्रोत परिचालन विभाग, विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभागलगायत १९ वटा विभाग गठन गरिएको छ । 

बैठकले   अनुशासन तथा सदाचार आयोगको प्रमुख आयुक्तमा महेन्द्र श्रेष्ठ, निर्वाचन आयोगको प्रमुख आयुक्तमा कृष्णप्रसाद शर्मा र लेखापरीक्षण आयोगको प्रमुख आयुक्तमा वीके मान सिंह नियुक्त भएका छन् । 

बैठकले  चैत्र ५ गते प्रदेश १ र २ को संयुक्त भेला लहानमा, चैत्र ७ गते प्रदेश ३ र ४ को संयुक्त भेला चितवनमा र चैत्र १० गते प्रदेश ५, ६ ९कर्णाली प्रदेश० र ७ को संयुक्त भेला नेपालगञ्जमा गर्ने निर्णय गरेको छ । 

त्यस्तै   संघीय तथा प्रादेशिक संसदमा पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने, पार्टीले विजय हासिल गरेको गाउँपालिका र वडाहरुमा नमुना विकास कार्यक्रम लागू गर्ने र अन्य सबै स्थानीय तहमा निगरानी समूहका रुपमा ‘वैकल्पिक सरकार’ गठन गरी सूचनाको हक र जनसरोकारको सवालमा जनपरिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

नयाँ शक्तिले  २०७५ लाई पार्टीको महाधिवेशन वर्ष बनाउने र सो अनुसार भाद्र र असोजमा स्थानीय तहको सम्मेलन, मंसीर र पुसमा प्रादेशिक अधिवेशन र फागुन १०–१५ मा संघीय महाधिवेशन गर्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्