
काठमाडौं, २१ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको नेतामा निर्वाचित भएकोमा कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
सोमबार संघीय संसदको पहिलो बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै भएको संसदीय दलको चुनावमा विजयी भएको भन्दै कांग्रेस सभापति देउवालाई बधाई दिएका हुन् ।
वैठक सकिनासाथ उठेका प्रधानमन्त्री ओलीले देउवालाई हात मिलाउँदै बधाइ र्दिका हुन् ।
देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बधाई दिएका थिए ।
दलको नेतामा विजयी भएसँगै देउवा प्रमुख प्रतिपक्षी दलका नेता बनेका छन् ।