२१ जेठ २०८३, बिहीबार

सडक सुरक्षामा एनआरएनले गर्ने भयो सहयोग

फागुन २१, २०७४
सडक सुरक्षामा एनआरएनले गर्ने भयो सहयोग

काठमाडौँ, २१ फागुन - गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सडक सुरक्षाका विषयमा सरकारसँग मिलेर काम गर्ने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघबीच सडक सुरक्षासम्बन्धी ज्ञान र सीपलाई आदानप्रदान गर्नेसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । 

मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघका अध्यक्ष भवन भट्टबीच हस्ताक्षर भएको हो । 

संघले विदेशमा सिकेको सडक सुरक्षासम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षामा प्रयोग गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको संघले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

संघले सडक सुरक्षा बढाउन एक प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछ । संघले यसअघि नेपाल इञ्जिनियर्स एसोसिएसनसँग पनि सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । 

सडक सुरक्षामा ध्यान नदिँदा वर्षेनी सयौँ नागरिकको ज्यान जाने गरेकाले त्यसमा विशेष ध्यान दिइएको संघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्