१५ असार २०८३, सोमबार

अतिरिक्त शुल्क लगाउने ट्रम्पको योजना फिर्ता लिन सांसदको आग्रह

फागुन २२, २०७४
अतिरिक्त शुल्क लगाउने ट्रम्पको योजना फिर्ता लिन सांसदको आग्रह

काठमाडौं, २२ फागुन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टिल र आल्मुनियममा अतिरिक्त शुल्क लगाउने योजना फिर्ता गर्न सांसदहरुले पार्टी शीर्ष नेतृत्वसँग आग्रह गरेका छन् । रिपब्लिकन पार्टीका सांसदहरुले योजनालाई अगाडि नबढाउन आग्रह गरे ।

सभामुख पाउल रायनले व्यापारिक युद्धको परिणामले अत्यन्त चिन्तित बनाएको भन्दै आर्थिक उपलब्धीलाई यसले असर पार्ने बताए । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सराह स्यान्डर्सले व्यापारिक युद्धमा अमेरिकाले जित्ने कुरामा राष्ट्रपति अन्त्यन्त विश्वस्त रहेको जानकारी दिए । 

गत हप्ता स्टील र आल्मुनियममा अतिरिक्त शुल्क लगाउने ट्रम्पको घोषणालाई अन्य मुलुकले पनि आलोचना गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्