
काठमाडौं, २२ फागुन– नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा मंगलबार बिहान भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध र सहयोग विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।
यसअघि पाकिस्तानी प्रधानमन्त्री अब्बासीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । दुई दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आइपुगेका अब्बासी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।