३१ जेठ २०८३, आइतबार

हरियो स्टिकरविनाका सवारी साधन प्रवेशमा रोक, फेल भए सवारी धनीलाई कारवाही

फागुन २२, २०७४
हरियो स्टिकरविनाका सवारी साधन प्रवेशमा रोक, फेल भए सवारी धनीलाई कारवाही

काठमाडौँ, २२ फागुन-  सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बताउनुभयो ।

“वैशाखदेखि हरियो स्टिकर लगाएका जुनसुकै सवारी साधनलाई जुनसुकै समयमा जाँच गर्छाै, प्रदूषणमा फेल भए सवारी धनी र स्टिकर दिने कर्मचारीलाई समेत कारवाही गर्छौं”, उहाँले भन्नुभयो । 

मन्त्री पण्डितले उपत्यकामा प्रदूषण गर्ने सम्बन्धित निकायसँग छलफल गरिसकिएको बताउँदै आगामी एक वर्षभित्र काठमाडौँमा मास्क नलगाई हिँड्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताउनुभयो ।

धुवाँ, धुलो, गिटी, बालुवालगायतलाई निश्चित मापदण्डमा ल्याउन सकिए प्रदूषणमा कमी ल्याउन सकिने उहाँको भनाइ थियो । उहाँले काठमाडौँमा मानव शरीरले भोग्न सक्नेभन्दा आठ गुणाभन्दा बढी प्रदूषण रहेकाले प्रदूषण हटाउनका सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्