२३ जेठ २०८३, शनिबार

भारतीय मिडिया लेख्छन् : पाकिस्तानका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्दा 'भारतलाई टेन्सन’

फागुन २२, २०७४
भारतीय मिडिया लेख्छन् :  पाकिस्तानका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्दा 'भारतलाई टेन्सन’

काठमाडौं, २२ फागुन— पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासीले दुईदिने नेपाल भ्रमण गर्दा भारत झस्किएको त्यहाँका सञ्चारमाध्यमहरूले लेखेका छन् । 

इन्डिया डट्कम तथा नवभारत टाइम्सको अन्लाइन संस्करणले यस विषयमा प्रकाशित गरेका समाचारमा नेपाल र पाकिस्तानको सम्बन्धले भारतलाई झस्काएको विश्लेषण गरिएको छ । 

इन्डिया डट्कममा लेखिएको छ :

पाकिस्तानका प्रधानमन्त्रीको यस यात्रामा भारतको नजर छ । विगत केही समयदेखि नेपालको झुकाव चीनतर्फ बढेको छ । केपी ओलीलाई चीननिकट मानिन्छ । 

यसअघि उनी प्रधानमन्त्री हुँदा उनको कार्यकालमा नेपाल भारत सम्बन्ध राम्रो रहेन । यस्तो स्थितिमा नेपाल र पाकिस्तानले हात मिलाए भने भारतका लागि खतरनाक हुन सक्छ । 

पूर्व विदेशसचिव कँवल सिब्बलले पाकिस्तानले जहिलेपनि भारतविरोधी गतिविधिलाई प्रोत्साहन गर्ने र आतंकवादी संगठनहरूलाई समर्थन गर्ने बताए । 

चीन पनि पाकिस्तानलाई साथ दिइरहेको छ । मुम्बई आक्रमणका मास्टरमाइन्ड हाफिज सईदलाई संयुक्त राष्ट्रसंघको आतंकवादी सूचीमा राख्नका लागि भारतले गरेको प्रस्तावमा चीनले अवरोध गरिरहेको छ । 

चीन र पाकिस्तानसँग नेपाल नजिकिँदा भारतलाई अप्ठ्यारो पर्छ । नेपालले पहिले नै चीनको पेटी सडक परियोजनामा हस्ताक्षर गरिसकेको छ । जनवरी महीनाको शुरूआतमा चीनले नेपालमा रहेको भारतको इन्टरनेट एकाधिकार पनि तोडिसकेको छ । चीनले नेपालमा भारतसँगको सीमामा रेलवे लाइन बिछ्याइरहेको छ । 

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासीको यात्रा यस क्षेत्रमा नेपाल र पाकिस्तानको गहिरिँदै गरेको मित्रताको परिचायक हो । त्यसो त भारतले पनि नेपालसँग मित्रता देखाउने भरपूर प्रयत्न गरेको छ । 

विदेशमन्त्री सुष्मा स्वराजले अघिल्लो महीना नेपाल यात्रा गरेकी थिइन् । ओली प्रधानमन्त्री भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनीसँग फोनमा धेरैचोटि कुरा गरिसकेका छन् । 

तर हालै हङकङबाट निस्कने साउथ चाइना मर्निङ पोस्टमा ओलीले भारतसँग सम्पर्क राम्रो भएपनि नेपालको दुई छिमेकी भएको कुरा बिर्सन नहुने बताएका थिए । नेपाल कुनै एक देशमा निर्भर नरहने उनले बताए ।

यस्तोमा प्रधानमन्त्री शाहिद खाकान अब्बासीको नेपाल यात्राले ओलीको अडानलाई झन् प्रस्ट पार्छ । भारतले नेपालमा कुनै दबाब बनाएमा उसका दुई छिमेकी सहायताका लागि उभिन्छन् भन्न सक्छन् ओलीले । 

सन् २०१६ मा पाकिस्तानमा हुनुपर्ने सार्क सम्मेलनबाट भारतले हात झिकेपछि बंगलादेश र अफगानिस्तान पनि पछि हटेका थिए । अनि सम्मेलन स्थगित भएको थियो । प्रधानमन्त्री अब्बासीले इसलामाबादमा सार्क सम्मेलनको
आतिथ्यका लागि नेपालको समर्थन लिनका लागि भ्रमण गरेका हुन् । नेपालले समर्थन गरेमा पाकिस्तानले सार्क सम्मेलन आयोजना गर्न सक्छ ।

त्यस्तै नवभारत टाइम्स लेख्छ :

ओली र अब्बासीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई फेरि प्रभावशाली बनाउने सहमति गरेका छन् । अब्बासीले नेपाल भ्रमणका क्रममा १९औं सार्क सम्मेलनको आतिथ्य गर्ने इच्छा व्यक्त गर्दै नेपाललाई यस सम्बन्धमा वातावरण बनाउन आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्