०१ असार २०८३, सोमबार

श्रीलंकामा बौद्ध र मुसलमान समुदायबीच हिंसा भड्किएपछि दश दिन संकटकाल घोषणा

फागुन २२, २०७४
श्रीलंकामा बौद्ध र मुसलमान समुदायबीच हिंसा भड्किएपछि दश दिन संकटकाल घोषणा

काठमाडौं, २२ फागुन — श्रीलंकामा बौद्ध र मुसलमान समुदायबीच हिंसा भड्किएपछि सरकारले राष्ट्रव्यापी संकटकाल घोषणा गरेको छ । सामुदयिक हिंसा भड्काउन खोज्ने व्यक्तिविरुद्ध कडा कारबाही गर्नका लागि संकटकाल लगाइएको एक सरकारी प्रवक्ताले बताए ।

सोमवार क्यान्डी शहरमा कर्फ्यु लगाइएको थियो । विगत केही दिनदेखि एक बौद्धको हत्या गरिएको अनि मुसलमानहरूको पसलमा आगो लगाइएर अशान्ति मच्चिएको छ । 

क्यान्डीमा सप्ताहान्तमा दंगा र आगजनी भएको र हिंसा श्रीलंकाभरि फैलिएको छ । 

विगतमा श्रीलंकामा भएका धार्मिक र जातीय हिंसाले धेरैको ज्यान लिएको थियो । देशको दुई करोड १० लाख जनसंख्यामा मुसलमान १० प्रतिशत छन् भने सिंहाली बौद्धहरू लगभग ७५ प्रतिशत छन् । अनि १३ प्रतिशत चाहिँ हिन्दू छन् । 

राष्ट्रवादी बौद्ध संगठन बोदु बाला सेनाले अहिलेको हिंसा मच्चाएको केही पर्यवेक्षकहरूले बताएका छन् । 

राष्ट्रपति मैत्रीपाला सिरिसेना तथा मन्त्रिपरिषद्ले हिंसा मच्चिएपछि देशभरि संकटकालको घोषणा गरेका हुन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्