काठमाडौं, २४ फागुन– ठगी अभियोगमा कलाकार रोमा न्यौपाने पक्राउ परेकी छन् । उनी विभिन्न कार्यक्रममा एक खुट्टाले नृत्य प्रस्तुत गरेर चर्चा बटुल्न सफल हुँदै आएकी थिइन् ।
प्रहरीले न्यौपानेलाई ठगी गरेको अभियोगमा राजधानीको महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ ।
न्यौपाने र उनका श्रीमान चिरञ्जीबीले संस्था खोलेर विभिन्न व्यक्तिसँग ३६ लाख बढी ठगी गरेको प्रहरीले जनाएको छ ।