२२ जेठ २०८३, शुक्रबार

शहीद वेनोज पुस्तकालयलाई रु एक लाख हस्तान्तरण

फागुन २४, २०७४
शहीद वेनोज पुस्तकालयलाई रु एक लाख हस्तान्तरण

काठमाडौँ, २४ फागुन - अखिल (क्रान्तिकारी)ले आफ्ना तत्कालीन उपाध्यक्ष एवं शहीद वेनोज अधिकारीका नाममा स्थापित पुस्तकालयका लागि रु एक लाख एक हजार सहयोग गरेको छ । 

सत्रौँ वेनोज स्मृति दिवसका सन्दर्भमा आज आयोजित कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले वेनोज प्रतिष्ठानकी अध्यक्ष हरिमायालाई सो रकम हस्तान्तरण गर्नुभयो । हरिमाया शहीद वेनोज अधिकारीका आमा हुन् । 

वेनोजको जन्मस्थल तनहुँको क्यामिन भन्ने ठाउँमा प्रतिष्ठानले दुईतले पक्की भवनमा पुस्तकालय बनाउन लागेको हो । पुस्तकालय निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष हरिमायाले जानकारी दिनुभयो । 

राज्यले राहतस्वरुप दिएको रकम, निजी स्रोत र अन्य सहयोगबाट सो पुस्तकालय बनाउन लागिएको पनि उहाँले बताउनुभयो । 

क्रान्तिकारीका केन्द्रीय सदस्यबाट रु एक हजारका दरले संकलित उक्त रकम प्रतिष्ठानलाई हस्तान्तरण गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्