०५ असार २०८३, शुक्रबार

कंगोबाट फिर्ता फौज सुडानमा

फागुन २५, २०७४
कंगोबाट फिर्ता फौज सुडानमा

काठमाडौं, २५ फागुन-  संयुक्त राष्ट्रसंघले बजेट कटौती गरेको भन्दै तीन महिना नबित्दै अफ्रिकी मुलुक कंगोबाट फर्काइएका १ सय ५० जना शान्ति सेनालाई नेपाली सेनाले शान्ति स्थापनार्थ दक्षिणी सुडान पठाउने पक्रिया सुरु गरेको छ।

एक वर्षका लागि गत असार अन्तिम साता अफ्रिकी मुलुक कंगो गएकामध्ये १ सय ५० जनालाई तीन महिना नबित्दै राष्ट्रसंघले असोज २३ गते नेपाल फर्काएको थियो। सेनाले राष्ट्रसंघले बजेट कटौती गरेपछि फौज फिर्ता भएको दाबी गरे पनि फर्किएर आएकाले भने राष्ट्रसंघसँग उचित समन्वयको अभावमा फिर्ता हुनुपरेको गुनासो गरेका थिए। त्यसबेला सेनाले फर्किएकाहरूलाई छिट्टै अर्को मिसनमा पठाउने आश्वासन दिएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्