०५ असार २०८३, शुक्रबार

महरालाई सभामुखकाे उम्मेदवार बनाउने माओवादीको निर्णय

फागुन २५, २०७४
महरालाई सभामुखकाे उम्मेदवार बनाउने माओवादीको निर्णय

काठमाडौं, २५ फागुन– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखको उम्मेदवार नेता कृष्णबहादुर महरालाई बनाउने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको माओवादी केन्द्रको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता पम्फा भुसालले लोकान्तरलाई जानकारी दिइन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास ललितपुरको खुमलटारमा शीर्ष नेताको बैठक बसेको हो । 

सभामुखको उम्मेदावारी मनोनयन दर्ता आज हुँदैछ ।  एमाले र माओवादीबीच भएको भागबन्डा अनुसार सभामुख पद माओवादीको भागमा परेको छ ।

माओवादीभित्र सभामुखका लागि महराका अतिरिक्त नेताहरू देव गुरुङ, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, लेखराज भट्टदेखि पूर्वसभामुख ओनसरी घर्तीसम्म आकांक्षी थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (बादल) लगायत नेतासँगको अनौैपचारिक छलफलपछि महरालाई अगाडि सार्ने निर्णयमा पुगेका थिए । सोही अनुसार आजको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

यता एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सभामुखमा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई दोहोर्याउने मनस्थितीमा थिए । उनले नेम्बाङलाई सभामुखको जिम्मेवारी दिन माओवादीसँग अन्तिमसम्म पनि छलफल गरे । 
बिहीबार साँझ पनि ओली र माओवादी अध्यक्ष दाहालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा नेम्बाङको व्यवस्थापनको विषयलाई लिएर छलफल भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्