१८ असार २०८३, बिहीबार

युवराज खतिवडासहित तीन जनाले आज शपथ लिने

फागुन २५, २०७४
युवराज खतिवडासहित तीन जनाले आज शपथ लिने

काठमाडौं, २५ फागुन–राष्ट्रियसभामा मनोनित तीन सांसदको शपथग्रहण आज हुने भएको छ । 

संसद सचिवालयले आज उनीहरुको शपथको कार्यक्रम राखेको संसद सचिवालयका प्रवक्ता भारत गौतमले लोकान्तरलाई जानकारी दिए ।

अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलले शपथ लिन लागेका हुन् । 

तीनजनाको शपथ ग्रहरण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेश खारेज गरेपछि उनीहरुको शपथको बाटो खुलेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफरिसमा परेका तीनजनाले केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा गरेको सिफारिस बदर गर्न माग गर्दै उनीहरु अदालत पुगेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्