२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओलीले गरे वीर अस्पतालको सर्जिकल भवन शिलान्यास

फागुन २५, २०७४
प्रधानमन्त्री ओलीले गरे वीर अस्पतालको सर्जिकल भवन शिलान्यास

काठमाडौं, २५ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा बन्न लागेकोे सर्जिकल भवनको शिलान्यास गरेका छन् । देशकै जेठो वीर अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउँने योजना अनुसार निर्माण हुन लागेको नयाँ भवनको शुक्रबार शिलान्यास भएको हो । 

२ अर्ब ३४ लाख ७२ हजार ९ सय ९५ रुपैयाँ लागतमा निर्माण शुरुभएको अस्पताल भवनको तीन वर्षभित्रमा निर्माण गर्ने योजना छ । अस्पतालको आकस्मिक कक्षअगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर खाली बनाइएको स्थानमा भवन बनाउन लागिएको हाृ । 

भवनमा ६ सय ५० शैया हुने र दुई तला भूमिगत पार्किङ र जमिनमाथि ७ तला रहने छ । उक्त कम्प्लेक्समा १५ वटा मेजर शैल्यकक्ष, २० वटा सर्जिकल आइसियु, ३० वटा पोष्टअप वार्ड रहनेछन् । यसका साथै आधुनिक उपकरणहरु पेटस्क्यान, एमआरआई, सिटीस्क्यानलगायतका सेवा समेत हुनेछन्।
 

salt training

कमेन्ट गर्नुहोस्