श्रीदेवीको मृत्युपछि उनकी जेठी छोरी जाह्नवी कपूर केहि दिनका लागि कामबाट विश्राममा रहने समाचारहरु सार्जजनिक भएका थिए । तर जाह्नवी विहीवारबाट फिल्मको सुटिङमा पुगेकी छिन् । जाह्नवीको डेव्यू फिल्म धड्कको सेटको बान्द्रामा छायांकन गरिएको छ ।
शुटिङको केही तस्वीरहरु सामाजिक सञ्जालमा आएका छन् जसमा श्रीदेवीकी छोरी जाह्नवी साडीमा देखिएकी छिन् र उनी आमा जस्तै देखिएको टिप्पणीहरु सार्वजनिक भएका छन् ।
साडीमा पहिलोपटक जाह्नवीको यस्तो तस्वीर फेला परेको छ जसमा उनी पूर्ण रुपमा आफ्नी आमा श्रीदेवी जस्तै देखिएकी छिन् । जसका कारण उनको निकै चर्चा भइरहेको छ । जाह्नवीलाई यसअघि निकै साधारण पहिरनमा देखिएको थियो ।
पारिवारिक विवाह समारोहमा भाग लिन दुवै पुगेकी श्रीदेवीको पानीमा डुबेर निधन भएपछि जाह्नवी शोकमा छिन् । आफ्नो छोरीको डेव्यू फिल्मलाई लिएर श्रीदेवी निकै उत्सुक भएकी थिइन् तर उनले छोरीको कुनै पनि फिल्म हेर्न पाइनन् ।