३१ जेठ २०८३, आइतबार

कपिलको नयाँ शोका विषयमा यसो भने सुनिल ग्रोवरले

फागुन २५, २०७४
कपिलको नयाँ शोका विषयमा यसो भने सुनिल ग्रोवरले

काठमाडौं, २५ फागुन — कमेडियन कपिल शर्माको कमेडी शो फ्यामिली टाइम विद कपिल शर्मामा उनका पुराना मित्र सुनिल ग्रोवर देखिनेछैनन् । 

एक कुराकानीमा सुनिलले भने, ‘म यस शोमा छैन र मलाई निमन्त्रण पनि दिइएको छैन ।’

सुनिलले गुत्थीको भूमिका निर्वाह गरेर कपिलका पहिलेका शोहरूमा प्रसिद्धि कमाएका थिए । 

उनले भने, ‘महिलाकै कारण म यो संसारमा छु त्यसैले महिलाको भूमिका निर्वाह गर्न मलाई मन लाग्छ । महिलाविना संसारको कल्पना गर्नु असम्भव छ । म विभिन्न तरिकाले महिलासँग जोडिएको छु । मैले महिलाको भूमिका गरेर प्रसिद्धि कमाएकोमा गर्व गर्छु ।’

सुनिलले आफ्नो भविष्यको कार्यक्रमका बारेमा धेरै कुरा गरेनन् । कार्यक्रमको अन्तिम रूपमा सम्बन्धमा उनले पछि खुलासा गर्ने बताए ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्