०६ असार २०८३, शनिबार

सी चिनफिङले कसरी चुपचाप सत्ता आफूमा केन्द्रित गराए ?

फागुन २५, २०७४
सी चिनफिङले कसरी चुपचाप सत्ता आफूमा केन्द्रित गराए ?

काठमाडौं, २५ फागुन — सीले कसरी चतुरताका साथ आफूमा सत्ता केन्द्रित गरेर आजीवन राष्ट्रपति बन्ने बाटो खुलाए भनी विश्वनेताहरू छक्क परेका छन् । 

चीनको संसद् नेसनल पीपल्स कंग्रेसको वार्षिक सत्र शुरू हुनुभन्दा ठीक एक हप्ताअघि अचानक यो घोषणा गरियो । तर खासमा यसको तयारी महीनौंअघि भएको थियो । तर जानीबुझी यसमा ढिलाइ गरियो । कंग्रेसका लगभग तीन हजार सदस्यले कुनै बाधा नगरून् भनी यसो गरिएको थियो । 

आइतवार हुने मतदानमा कंग्रेसले आजीवन राष्ट्रपति बनाउने संविधान संशोधन लगायत अन्य कुरालाई पनि स्वीकृति दिने अपेक्षा गरिएको छ । सन् २००४ पछि पहिलोचोटि संविधान संशोधन हुँदैछ । 

विगत ३५ वर्षदेखि चीनको संविधानमा राष्ट्रपतिको पाँच वर्षे कार्यकाल दुईचोटि मात्र हुने उल्लेख थिया । कंग्रेससँग दुई तिहाइ भोटले संविधान संशोधन गराउने अधिकार भएपनि पार्टीका सांसदहरूले सदैव प्रस्तावहरूलाई पारित गर्ने गरेका छन् ।

संविधानमा यति ठूलो परिवर्तनभन्दा अघि देशभरिका जनताको विचार लिनुपर्ने थियो भनी आलोचकहरू टिप्पणी गर्छन् । सीले पार्टीभित्र र बाहिर सम्भावित विरोधीहरूलाई दबाउनका लागि शीघ्रताका साथ गोप्य र धम्कीयुक्त रणनीतिक अपनाए । 

संविधान संशोधन हुनुअघि नेताहरूले आम सहमति बनाउनका लागि सम्मेलन आयोजन गरिने परम्परालाई पनि सीले तोडिदिए । उनले संशोधनको मस्यौदा तयार पार्न र त्यसमा सहयोग पु–याउन आफ्ना बफादारहरूलाई तैनाथ गरे । 

संविधानमा परिवर्तनको यो पूरा प्रक्रिया उनले पार्टीको कडा निगरानीमा राखे । यसबीचमा उनले बहसको मौका खासै दिएनन् र आन्तरिक छलफल पनि गराएनन् । 

सीले औपचारिक रूपमा संविधान संशोधनका लागि प्रस्ताव पाँच महीनाअघि राखेको बताइएको छ । एक अधिकारीका अनुसार, २५ सदस्यीय पोलिटब्यूरोको २९ नोभेम्बरमा भएको बैठकमा सीले यो कुरा राखेका थिए ।
पोलिटब्यूरोलाई केन्द्रीय समितिभन्दा बढी शक्तिशाली मानिन्छ । 

एक पूर्वअधिकारीले बताए, ‘तर उनले तुरुन्तै कार्यकालको सीमा हटाउने सम्भावनामा चर्चा गरेनन् । कुनै गलत सन्देश नजाओस् भन्ने उनको चाहना थियो । सीले बिस्तारै प्रान्त र शहर स्तरमा आफ्नो विचारको पक्षमा मानिसहरूको टोली बनाए ।’

यसै बैठकमा पोलिटब्यूरोका एक सदस्य सुन झेङकईलाई हटाउने विषयमा सहमति बन्यो । उनलाई सीको उत्तराधिकारीका रूपमा हेरिएको थियो । भ्रष्टाचारको आरोप लागेपछि उनको पद गयो । 

महत्त्वाकांक्षी अन्य अधिकारीका लागि यो ठूलो चेतावनी थियो । 

सीका पूर्ववर्ती राष्ट्रपति हु चिन्थाओले कम महत्त्वपूर्ण संवैधानिक परिवर्तनका लागि १५ महीनाको समय लिएका थिए । यसबीचमा खुला बहस भएको थियो र बुद्धिजीवीहरूलाई आफ्नो कुरा राख्ने मौका दिइएको थियो ।

तर सीले पहिलोचोटि डिसेम्बरमा संवैधानिक परिवर्तन आवश्यक रहेको घोषणा गरेका थिए । यति मात्र नभई संसद् सत्र शुरू हुनुभन्दा जम्मा आठ दिनअघि जनतालाई राष्ट्रपतिको कार्यकालको सीमा हटाउने कुरा पनि संलग्न भएको
बताइयो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्