२६ जेठ २०८३, मंगलबार

माओवादीमा सबभन्दा बढी अवसर पाएका भाग्यमानी महरा, पटक–पटक मन्त्रीदेखि सभामुखसम्म

फागुन २५, २०७४
माओवादीमा सबभन्दा बढी अवसर पाएका भाग्यमानी महरा, पटक–पटक मन्त्रीदेखि सभामुखसम्म

काठमाडौं २५ फागुन– दर्जन आकाक्षीलाई पछि पार्दै कृष्णबहादुर महरा सभामुखको रेसमा प्रथम भएका छन् ।

२०६३ सालमा शान्ति प्रक्रियामा आएपछि माओवादीबाट सबैभन्दा धेरै असवर पाउने नेता बनेका छन्, महरा । 

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी अन्तरिम विधायक (सांसद) र गिरिजाप्रसाद कोइराला सरकारमा माओवादीको नेतृत्वगर्दै मन्त्री बनेका थिए । २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि महरा मन्त्री बनेका थिए । 

झलनाथ खनाल नेतृत्वको सरकारमा गृहमन्त्री रहेका महरा २०७३ सालमा प्रचण्डको नेतृत्वमा सरकार बन्दा अर्थमन्त्री बनेका थिए । २०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको समयमा महरा परराष्ट्र मन्त्री बनेका थिए । 

माओवादीले सशस्त्र जनयुद्ध गर्नु अघिपनि उनी प्रतिनिधि सभा सदस्य थिए । शान्ति प्रक्रियामा माओवादी बार्ता टोलीको संयोजक बनेर आएका महराले त्यो बेला सन्तुलनकारी भूमिका निर्वाह गरेका थिए । 

अन्य दलहरुलाई समेत मिलाएर लैजान सक्ने क्षमताका कारण महरालाई सभामुखको उम्मेदवार बनाइएको माओवादी स्रोतले बतायो । पटक पटक एउटै व्यक्तिलाई अबसर दिइएको भन्दै माओवादीमा विरोध पनि भएको छ । 
शनिवार हुने सभामुखको चुनावका लागि महरा एक्लैको उम्मेदवारी परेका कारण उनी निर्विरोध बनेका छन् । शनिवार दिउसो संसदको बैठकले उनलाई सभामुख निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्