
काठमाडौं, २५ फागुन– नक्कली साँचो बनाएर काठमाडौं उपत्यकामा स्कुटर र मोटरसाइकल चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको मरुहिटी बस्ने २० वर्षीय रोशन जोशी, काभ्रे धुलिखेलमा १८ वर्षीय दिपक लामा र काठमाडौं डल्लुका १८ वर्षीय सुसान आले मगर छन् ।
स्कुटर र मोटरसाइकलको नम्कली साँचो बनाएर चोरी हुने गरेको सूचनाका आधारमा महानगरीय प्रहरीको अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट प्रहरीले चोरी भएका ३ वटा स्कुटरसमेत बरामद गरेको हो ।
बिहीवार काठमाडौंको पचलि मन्दिर परिसर अगाडिबाट स्कुटर चोरी गरेर भाग्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र प्रसाद उप्रेतीले बताए ।