०५ साउन २०८३, मंगलबार

फोरमपछि राजपालाई सरकारमा ल्याउने तयारी, ठाकुरलाई उपराष्ट्रपतिको ‘अफर’

फागुन २५, २०७४
फोरमपछि राजपालाई सरकारमा ल्याउने तयारी, ठाकुरलाई उपराष्ट्रपतिको ‘अफर’

काठमाडौं, २५ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दललाई सरकारमा ल्याउन प्रयास गरिरहेका छन् । 

संघीय समाजवादी फोरमले बैठक बसेर ओली नेतृत्वको सरकारका जाने निर्णय गरिसको छ । तर मन्त्रालयको विषयमा टुंगो नलाग्दा सरकारमा सहभागिता लम्बिएको छ । 

फोरमले उपसभामुखसहित तीन मन्त्रालयमा दाबी पेश गरेको थियो  । तर दुई वटा मन्त्रालय र उपसभामुखमा फोरम राजी भएको छ । 

प्रधानमन्त्री ओलीले अर्को मधेसवादी दल राजपा नेपाललाई पनि सरकारमा सहभागी गराउन प्रयास गरिरहेका छन् । त्यसका लागि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग प्रधानमन्त्री ओलीले विभिन्न चरणमा कुराकानी गरेका छन् ।

भेटेर र टेलिफोनमा ओलीले संविधान संशोधनका विषयमा सरकार सकारात्मक रहेको भन्दै सरकारमा सहभागी हुन र राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई मतदान गर्न आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले राजपाका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न समेत आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधन र ठाकुरलाई उपराष्ट्रपति दिन सकारात्मक रहेको स्रोतको दाबी छ ।

ठाकुर पनि त्यसमा सहमत देखिएका छन् तर पार्टीभित्रबाट निर्णय गराएर मात्र उनी उपराष्ट्रपति बन्न चाहन्छन् । उनले आफू निकटका नेताहरुलाई उपराष्ट्रपति बन्न आफू तयार रहेको बताउने गरेका छन् ।
राजपाले उपराष्ट्रपतिसहित दुई मन्त्रालयमा दाबी गरेको छ । 

ओलीले ठाकुरलाई राखेको प्रस्तावबारे छलफल गर्न आज राजपाको बैठक बसिरहेको छ । बैठकले प्रधानमन्त्रीका ओलीको प्रस्ताव, सरकारमा राजपाको सहभागिता, संविधानसंशोधनका विषय बारे छलफल हुने राजपाका एक नेताले बताए । 

राजपाका नेताहरुले संविधान संशोधनका विषयमा कुरा मिले सरकारमा जान सकिने बताएका छन् । 

तर, राजपाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नगरि सरकारमा नजाने राजपाको निर्णय रहेको बताए । त्यस्तै अध्यक्षमण्लका सदस्य अनिल झाले ठाकुरलाई उपराष्ट्रपति बनाउने भन्दै सत्तापक्षले ‘प्रोपोगाण्डा’ मच्चाएको र त्यसको कुनै सम्भावना नरहेको बताए  । 

salt training

कमेन्ट गर्नुहोस्