०७ असार २०८३, आइतबार

माधाव नेपालले दिए भ्रष्टाचारीलाई जेल हाल्ने चेतावनी

फागुन २५, २०७४
माधाव नेपालले दिए भ्रष्टाचारीलाई जेल हाल्ने चेतावनी

रौतहट, २५ फागुन– नेकपा (एमाले)का नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताएका छन् । 

जिल्लाको यमुुनामाई गाँउपालिका झुनखुन्वामा कालोपत्रे सडक शिलान्यास गर्दै उनले भने, “यदि कसैले भ्रष्टाचार गरेको छ भने अहिले नै फिर्ता गर नत्र पछि कुनै शीप लाग्दैन पछुतोमा पर्ने छ ।” 

स्थानीय निकायमा राम्रो काम गर्नेलाई पुरस्कार र भ्रष्टाचार गर्नेलाई जेल हाल्ने वाम सरकारको योजना रहेको उनले प्रस्ट पारे । 

गौर गरुडा चन्द्रपुर सडकखण्डको उदाहरण दिँदै उनले आज शिलान्यास भएको विभिन्न ठाँउका ५२ किलोमिटर कालोपत्रे सडक पनि त्यस्तै मजबूत बनाउन ठेकदार र कर्मचारीको ध्यानाकर्षण गराए । 

प्रतिनिधिसभा सदस्य प्रभू साहले निर्वाचनअघि आफूले सार्वजनिक गरेको घोषणापत्रमा यस क्षेत्रलाई धुँवारहित बनाउने योजनाअनुसार दुईसय परिवारलाई ग्यास सिलिण्डर, ग्यास र चुल्हो वितरण गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्