काठमाडौँ, २६ मङ्सिर - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको तयारी नगरेर संविधान संशोधनको कुरा ल्याएको बताएका छन् ।

अनेरास्ववियुले आज यहाँ ‘महिला हिंसा अन्त्यका लागि साझा प्रतिबद्धता, संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता’ विषयको विचारगोष्ठीमा उहाँले निर्वाचन तयारी नगरेर सरकारले बिना कारण संशोधनको कुरा उठाएको बत्राए ।
उनले संविधान संशोधन अन्यका लागि नभई निर्वाचनका लागि गर्न सकिने धारणा राखे । “कुन धाराले निर्वाचन गर्न दिएन । त्यो धारा संशोधन गरेर निर्वाचन गर्न बाधा फुकाऔँ”–उनले भने , “तर देशलाई आँच आउने खालको कुरालाई संशोधन गर्न सकिन्न ।”
उनले अहिलेको ३३ प्रतिशत महिलाको आरक्षण पुरानो भइसकेको भन्दै आरक्षणलाई बढाउनुपर्नेमा जोड दिए । उनले संविधानमा महिला अधिकार कुरा उल्लेख गरिएपनि महिलालाई सशक्तीकरण, नेतृत्वदायी र उत्तरदायी भूमिकामा सहभागिता बढाउनुपर्ने धारणा राखे ।