२८ असार २०८३, आइतबार

कैलाली कारागारमा सर्वपक्षीय वार्ता : रेशम चौधरीका माग बारे छलफल

फागुन २६, २०७४
कैलाली कारागारमा सर्वपक्षीय वार्ता : रेशम चौधरीका माग बारे छलफल

धनगढी, २६, फागुन– कैलाली कारागारमा आमरण अनशनरत रेशम चौधरीका मागका बारेमा सर्वपक्षिय वार्ता शुरु भएको छ । 

कैलाली कारगारमा शुरु भएको वार्तामा अनशनरत चौधरीसहित थारु कल्याणकसभाका प्रभात चौधरी, थरुहट संघर्ष समितिका माधव चौधरी, प्रदेश सांसद वीरमान चौधरी, मालमती राना, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतको सहभागिता रहेको छ । 

वार्तामा सहभागी राजपा नेपालका सांसद मालमती रानाले माग सम्बोधन नभएसम्म अनशन जारी रहने बताएकी छन् । प्रमुख जिल्ला अधिकारी रिजालले चौधरीका मागप्रति गम्भीर रहेको र समस्या समाधानका लागि सकारात्मक रहेको लोकान्तरलाई बताए । 
 

तीनबुँदे माग राखी चौधरीसहतिका थुनुवाले फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशनरत शुरु गरेका हुन् । अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्