
काठमाडौं, २६ फागुन–आइसीसी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल अफगानिस्तानसँगकाे तेस्राे खेलमा ६ विकेटले पराजित भयाे ।
नेपालले दिएकाे १९५ रनकाे लक्ष्य अफगानिस्तानले ३८.४ अाेभरमा ४ विकेट गुमाएर पुरा गर्याे । टस जितेर ब्याटिङ राेजेकाे नेपालले १९४ बनाएकाे थियाे । नेपाल १ बलअगावै १९४ रन जोडेर अलआउट भएकाे थियाे ।
नेपालका लागि पारसका अलावा दीपेन्द्रसिंह ऐरीले ३२ तथा आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान २३ रनको योगदान गरे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका लागि नाजिबुल्लाह जर्दानले नटअाउट ५२ रन बनाए । यस्तै रहतम साहले ४६ रन बनाए भने माेहम्मद नावीले ३४ रनकाे याेगदान दिए । अफगानिस्तानका लागि जाभेद अहम्दीले २६ रन बनाउँदा रसिद खानले २१ रनकाे याेगदान दिए ।
अफगानिस्तानसँगकाे हारसँगै नेपालकाे विश्वकप खेल्ने लगभग समाप्त भएकाे छ । अहिलेसम्म अंकविहीन रहेकाे नेपाल अंकतालिकाकाे पुछारमा छ ।
यद्यपि सुपर सिक्समा पुग्ने नेपालको संभावनालाई हङकङ र जिम्बावेबीचको खेलले निर्धारण गर्ने छ । यो खेलमा जिम्बावे विजयी भयो भने सुपर सिक्समा पुग्ने तेस्रो टोलीका टुंगो लगाउन नेपाल र हङकङबीच प्रतिस्पर्धा हुने छ ।जिम्बाबेसँगको खेलमा हङकङ हार नजिक छ ।
हङकङ र अफगानिस्तानको समान २–२ अंक छ । हङकङसँगको खेलमा नेपाल ठूलो रनअन्तरले विजयी भएमा सुपर सिक्समा पुग्ने संभावना छ ।