
काठमाडौं, २७ फागुन– नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका दुई चिकित्सकलाई कारबाही गरेको छ । काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा देब्रे खुट्टाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने खुट्टाको शल्यक्रिया गरेपछि काउन्सिलले एक महिनाका लागि उनीहरूलाई निलम्बन गरेको हो ।
चितवनकी ३२ वर्षीया विन्दु पौडेलको ११ फागुनमा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा नर्भिक अस्पतालका डा. प्रवीण नेपाल र डा. शैलज रञ्जितकारले दाहिने खुट्टाको अप्रेसन गरेका थिए । ‘बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको पुष्टि भएपछि उनीहरूलाई एक महिनाको सजायसहित निलम्बित गरेका हौँ । अब उनीहरूले एक महिनासम्म कुनै पनि चिकित्सकीय अभ्यास गर्न पाउँदैनन्,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने।, नयाँ पत्रिकामा खबर छ ।