
काठमाडौं, २७ फागुन– प्रतिनिधिसभाको सभामुखमा हिजो निर्वाचित भएका कृष्णबहादुर महराले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ बजेका लागि तय गरिएको छ ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन् । शपथ ग्रहणपछि आजै दिउँसो ३ बजे बस्ने संघिय संसद बैठकको अध्यक्षता गर्नेछन् ।
वाम गठबन्धनबाट सभामुखको उम्मेदार बनेका महरा हिजो संसद बैठकबाट निर्विरोध निर्वाचित भएका हुन् । उनलाई नेपाली कांग्रेसले पनि समर्थन गरेको थियो ।