१२ साउन २०८३, मंगलबार

फोरम बैठक : सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा निर्णय हुने

फागुन २७, २०७४
फोरम बैठक : सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा निर्णय हुने

काठमाडौं, २७ फागुन– संघीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठक बस्दै छ ।

बैठक दिउँसो १२ बजे बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने÷नदिने विषयमा निर्णय लिन बैठक बस्न लागेको संयोजक उपेन्द्र यादवले लोकान्तरलाई जानकारी दिए । 

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । फोरमले सरकारमा सहभागितासँगै विश्वासको मतका बारेमा आज निर्णय गर्दैछ ।

सरकार र फोरमबीच दुई सातादेखि छलफल चल्दै आए पनि अन्तिम सहमति भइसकेको छैन । फोरमका १६ सांसद छन् । 

salt training

कमेन्ट गर्नुहोस्