०४ असार २०८३, बिहीबार

आज सी बन्नेछन् आजीवन कालका लागि राष्ट्रपति

फागुन २७, २०७४
आज सी बन्नेछन् आजीवन कालका लागि राष्ट्रपति

काठमाडौं, २७ फागुन — चीनमा आइतवार राष्ट्रपति तथा उपराष्ट्रपति पदका लागि दुई कार्यकालको निर्धारित सीमा अन्त्य गर्ने भएको छ । यसपछि वर्तमान सी जिनफिङले आजीवन राष्ट्रपति बन्ने बाटो खुलेको छ । 

सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाद्वारा प्रस्तावित संशोधनलाई संसदबाट स्वीकृति दिइने निश्चित छ । 

पार्टीका प्रस्तावहरूलाई आँखा चिम्लेर समर्थन गर्ने भएकाले लगभग तीन हजार सदस्यहरूको संसद् नेसनल पीपल्स कांग्रेसलाई रबर स्टाम्प संसद् भनिन्छ । संसद्को वार्षिक सत्रभन्दा अगावै सीपीसीले राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि निर्धारित दुई कार्यकालको सीमा हटाउने प्रस्ताव गरेको थियो । 

माओ च तुङजस्तै अनिश्चितकालसम्म एक व्यक्तिले सत्ता हात पार्दा विनाश हुनसक्ने देखेर तङ स्याओपिङले चीनमा राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि अधिकतम दुई कार्यकाल अर्थात् १० वर्षसम्म सत्तामा रहने सीमा निर्धारण गरिदिएका थिए । 

संविधानमा संशोधनसँगै ६४ वर्षीय सी आजीवन राष्ट्रपति हुने बाटो खुलेको छ । अहिले उनको दोस्रो कार्यकाल चलिरहेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्