०८ साउन २०८३, शुक्रबार

चौधरीलाई भेट्न राजपा नेता पुगे वीर अस्पताल, रिहाइ र शपथका लागि पहल गर्ने

फागुन २७, २०७४
चौधरीलाई भेट्न राजपा नेता पुगे वीर अस्पताल, रिहाइ र शपथका लागि पहल गर्ने

काठमाडौं, २७ फागुन– राजधानीस्थित वीर अस्पतालमा उपचाररत रेशम चौधरीको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले जानकारी लिएका छन् । 

चौधरीको स्वास्थ्य अवस्था बारे जानकारी लिन आइतबार बिहान अस्पताल पुगेका यादवले स्वास्थ्य अवस्था बारेमा जानकारी लिँदै उनको रिहाइ र शपथ बारे सरकारसँग कुराकानी भइरहेको बताए । 
यादवले भने,‘तपाई पनि युवा म पनि युवा । यो राजनीतिक लडाईँ हो । यो लडाईँमा सहयोग चाहिन्छ ।’

कैलाली कारागारमा अनशन बसेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि हिजो उपचारका लागि वीर अस्पताल ल्याइएको हो । उनीसहतिका थुनुवाले निर्वाचित भएको प्रमाणपत्र पाउनु पर्ने लगायतका माग राख्दै अनशनमा बसेका थिए । उनी कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित सांसद हुन् । 

salt training

कमेन्ट गर्नुहोस्