२७ असार २०८३, शनिबार

राष्ट्रियसभा अध्यक्षका लागि भोलि उम्मेदवारी, परशुको सम्भावना प्रवल

फागुन २७, २०७४
राष्ट्रियसभा अध्यक्षका लागि भोलि उम्मेदवारी, परशुको सम्भावना प्रवल

काठमाडौं २७ फागुन– राष्ट्रिय सभा अध्यक्षका लागि फागुन ३० गते हुने निर्वाचनका लागि सोमवार उम्मेदवारी मनोनयन हुँदैछ । 

माओवादी केन्द्रसँगको भागवण्डामा राष्ट्रिय सभाको अध्यक्ष नेकपा एमालेको भागमा परेको छ । जातीय सन्तुलन मिलाउन भन्दै राष्ट्रिय सभाको अध्यक्षमा परशुराम मेघी गुरुङलाई उम्मेदवार बनाउने तयारी गरेको छ । 

राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लगायतका पद एउटै समुदायको भएकोले राष्ट्रिय सभाको अध्यक्षमा जनजाती मुलको व्यक्तिलाई प्राथमिकता दिने एमाले माओवादीको तयारी छ । 

यसअघि दुई पटक सांसद भइसकेको र संसदीय मामिलाको बिषयमा जानकार भएकोले गुरुङ नै राष्ट्रिय सभाको अध्यक्ष बन्ने प्रवल सम्भावना रहेको एमाले स्रोतले बतायो । एमालेका शीर्ष नेताहरुबीच गुरुङो बिषयमा छलफल भएको स्रोतले बतायो । 

२०४८ र २०५६ सालको प्रतिनिधि सभा चुनावमा गुरुङ शंखुवासभाबाट वियजी भएका थिए । राष्ट्रिय सभा अध्यक्षका लागि पहिलो पटक सांसद बनेका गणेश तिमिल्सिना र खिमलाल भट्टराईले पनि रुची देखाएको एमाले स्रोत बताउछ ।

salt training

कमेन्ट गर्नुहोस्