
काठमाडौं, २७ फागुन-प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो पाराले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससंग समेत भोट मागेका छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधनगर्दै ओलीले प्रतिपक्षमा बसेर भए पनि सरकारलाई समर्थन गर्न सकिने बताए ।
प्रदेश नम्बर २ मा एमाले प्रतिपक्षमा बसेर पनि सरकारलाई समर्थन गरेको स्मरण गर्दै विपक्षमा बसेर पनि सरकारलाई समर्थन गर्न सकिने बताए ।
‘म प्रधानमन्त्री हुनको लागि प्रधानमन्त्री बनेको होइन, देशमा परिवर्तन ल्याउन बनेको हुँ,’ ओलीले भने, ‘म भ्रष्टाचार गर्न आएको पनि होइन र भ्रष्टाचार हुन दिन्नँ । म दमनकारी शासक हुन चाहेको होइन, जनताको सेवक हुन्छु,’ ओलीले भने, ‘मलाई भोट नदिनु पर्ने कारण छैन ।’