११ असार २०८३, बिहीबार

कर्मचारी नहुँदा प्रदेश अप्ठ्यारोमा, स्थानीय तहमा २० हजार अपुग

फागुन २८, २०७४
कर्मचारी नहुँदा प्रदेश अप्ठ्यारोमा, स्थानीय तहमा २० हजार अपुग

काठमाडौं, २८ फागुन– सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म एक हजार ६८ जनालाई प्रदेशमा खटाएको छ । त्यसरी खटाइएकामा सहसचिवदेखि खरदारसम्मका छन् ।

मन्त्रालयले प्रदेश कार्यालय स्थापना गरी कार्यसञ्चालनका लागि प्रदेश १ मा खटाएका १६२ जनामध्ये एक सय दुईजना मात्र हाजिर भएका छन् । प्रदेश २ मा १५० कर्मचारी खटाएकोमा अहिलेसम्म ८५ जना हाजिर भएका छन् । 

प्रदेश ३ का लागि मन्त्रालयले १३७ जना कर्मचारी खटाएको थियो । तर, अहिलेसम्म एक सय एकजना कर्मचारी मात्र हाजिर भएका छन् । 

प्रदेश ४ मा १६४ जना कर्मचारी खटाएकोमा अहिलेसम्म ९८ जना खटाएको ठाउँमा पुगेका छैनन् । प्रदेश ५ मा १४९ जना कर्मचारी खटाएकोमा अहिलेसम्म ८० जना मात्र हाजिर भएका छन् ।

प्रदेश ६ मा एक सय ६२ जना कर्मचारीलाई खटाएकोमा ९० जना र प्रदेश ७ मा १४४ जनालाई खटाएकोमा ९५ जना मात्र हाजिर भएको मन्त्रालयले जनाएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

यति धेरै कर्मचारी बिदा गर्न पैसा पुग्दैनः अर्थसचिव
अर्थ मन्त्रालयले भने स्वैच्छिक अवकाशमा जाने कर्मचारीलाई राज्यकोषबाट ३० अर्ब खर्च गर्ने स्थिति नभएको जनाएको छ ।अर्थसचिव शंकर अधिकारीले चालू आर्थिक वर्षमा स्वैच्छिक अवकाशका लागि खर्च गर्न नसकिने बताए । उनले आगामी आर्थिक वर्षमा पनि राज्यकोषबाट त्यति धेरै रकम कर्मचारीलाई बाँड्न नसकिने बताए ।

स्थानीय तहमा कर्मचारी अभाव
सरकारले अर्बौँ खर्च गरेर कर्मचारीलाई घर पठाउँदै गर्दा एक वर्षअघि स्थापना भएको स्थानीय तहले भने अझै कर्मचारी पाउन सकेका छैनन् । स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कम्तीमा पनि २० हजार कर्मचारी अपुग भएको बताइरहेको छ ।

मन्त्रालयले वीरगन्ज र विराटनगर महानगरपालिकामा अहिलेसम्म कार्यकारी अधिकृत पठाउन नसकेको जनाएको छ । सरकारले महानगरपालिकाको कार्यकारी अधिकृतमा सहसचिव तहको कर्मचारी रहने अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

२१ नगरपालिका र ५२ वटा गाउँपालिकाले पनि अहिलेसम्म कार्यकारी अधिकृत पाउन सकेका छैनन् । मन्त्रालयले कर्णाली प्रदेश र प्रदेश २ का अधिकांश स्थानीय तहमा अझै पनि कार्यकारी अधिकृत खटाउन नसकेको जनाएको छ ।

मन्त्रालयका अनुसार सुब्बा र खरदारले ५२ गाउँपालिकामा निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । करिब ३ हजार वडामा सचिव खटाउन नसकेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र समूहले एकजना पनि खटाएन
सरकारले स्वीकृत गरेको प्रदेशको अस्थायी दरबन्दीमा मुख्यमन्त्रीको कार्यालयमा एकजना परराष्ट्र सेवाका प्रोटोकल अफिसर रहनेछन् । परराष्ट्र मन्त्रालयले हरेक प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा एकजनाका दरले तत्काल सातजना अफिसर खटाउनुपर्ने थियो ।

त्यसका लागि सामान्य प्रशासन मन्त्रालयले ताकेतासमेत गरेको छ । तर, मन्त्रालयले अहिलेसम्म एउटा प्रदेशमा पनि अफिसर खटाएका छैनन् ।

परराष्ट्र मन्त्रालयले प्रदेशमा कर्मचारी नखटाउँदा विभिन्न देशका राजदूतले संघीय मन्त्रालयको अनुमतिविनै प्रदेशमा गएर मुख्यमन्त्रीहरूसँग भेट्न थालेका छन् ।

स्वैच्छिक अवकाशको दुरुपयोग
सरकारले सेवा अवधि कायम रहेको, तर समायोजन भएर प्रदेश र स्थानीय तहमा काम गर्न नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको अवसर दिएको हो । तर, यसको दुरुपयोग भएको छ । सात वर्षको एकमुष्ट पेन्सन सुविधा पाउने लोभमा अनिवार्य अवकाशमा जान दुई–तीन दिन बाँकी रहेका कर्मचारीले समेत स्वैच्छिक अवकाशमा निवेदन दिएका छन् ।

स्वैच्छिक अवकाश डेक्स हेर्ने उपसचिव धर्मराज रोकायका अनुसार स्वैच्छिक अवकाशका लागि निवेदन दिने समय बाँकी रहँदै अनिवार्य अवकाशमा जाने कर्मचारीले पनि स्वैच्छिक अवकाशमा जान निवेदन दिएका छन् ।

एकमुष्ट ७ वर्षको पेन्सन सुविधा पाउने लोभमा अनिवार्य अवकाशको एक दिनअघि स्वैच्छिक अवकाशको निवेदन दर्ता गराएका हुन् । सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाका अनुसार अनिवार्य अवकाश पाउन एक–दुई दिन मात्र बाँकी रहेका कर्मचारीले पनि यो अवसर पाउनेछन् ।

एक कर्मचारी उत्पादन गर्न कति खर्च हुन्छ ?
एउटा कर्मचारीको सेवा प्रवेशदेखि अवकाशसम्म राज्यले कति खर्च गर्छ भन्ने यकिन हिसाब सरकारले राखेको छैन । निजामती किताबखाना, लोकसेवा आयोग, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा सामान्य प्रशासन मन्त्रालयसँग यस्तो विवरण छैन ।

लोकसेवा आयोगका पूर्वसदस्य मधुरमण तिवारीले १६ वर्षअगाडि गरेको अध्ययनले खरदारबाट प्रवेश गरेर सचिव हुँदासम्म एउटा कर्मचारीलाई राज्यले करिब तीन करोड खर्च गरेको हिसाब निकालेका थिए ।

त्यो तलबबाहेकको खर्च हो । सो खर्चमा उसको गाडीलगायत मन्त्रालयमा पाउने सुविधा, विभिन्न शीर्षकका भत्ता, विदेश भ्रमण, तालिम, अध्ययनलगायत शीर्षकका थिए ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्