०७ असार २०८३, आइतबार

गणेश तिमल्सिनालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने एमाले निर्णय

फागुन २८, २०७४
गणेश तिमल्सिनालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने एमाले निर्णय

काठमाडौं, २८ फागुन– काठमाडौं २८ फागुन– नेकपा एमालेले राष्ट्रिय सभाको अध्यक्षमा पर्वतका सांसद गणेश तिमल्सिनाको उम्मेदवारी दिने निर्णय गरेको छ । 

एमालेका शीर्ष नेताको बैठकले तिमल्सिनालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

राष्ट्रिय सभाको अध्यक्षका लागि सोमवार(आज) उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ । राष्ट्रिय सभा अध्यक्षका लागि परशु मेघी गुरुङको नाम पनि चर्चामा थियो । माओवादीसँगको भागवण्डामा राष्ट्रिय सभाको अध्यक्ष एमालेको भागमा परेको थियो । 

फागुन ३० गते हुने निर्वाचनका लागि सोमवार दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यकक्रम छ । 
 

कमेन्ट गर्नुहोस्