०१ असार २०८३, सोमबार

BREAKING: दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालियो–डीआईजी भण्डारी

फागुन २८, २०७४
BREAKING:  दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालियो–डीआईजी भण्डारी

काठमाडौं, २८ फागुन– वंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बंङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । 

विमान अवतरणका क्रममा रनवेबाट उछिट्एिपछि आगलागी भएको थियो । 

दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालिएको विमानस्थल पुगेका डिआईजी वम बहादुर भण्डारीले लोकान्तरलाई जानकारी दिए ।  

१६ जनालाई उद्धार गरिएको छ । घाइतेलाई सिनामंगल नर्भिक लगायतका अस्पताल लगिएको छ । 

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा रहेको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेटमा रनवे मा दुर्घटनामा परेको हो ।

दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो । विमानमा आगोलागेपछि काठमाडौं, भक्तपुर, ललितपुरको अग्नी नियन्त्रक बारुण यन्त्र विमानस्थल पुगेका थिए । नेपाली सेना, प्रहरी,शसस्त्र प्रहरी, विमानस्थलका कर्मचारीले घाइेतेको उद्धार गरेका थिए । 

घाइते मध्ये  ३३ जना नेपाली रहेका छन् । 

विमानमा आगलागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापासहितका सरकारी अधिकारी विमानस्थल पुगेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्