१७ असार २०८३, बुधबार

प्रधानमन्त्री ओली विमानस्थलमा, दुर्घटनाबारे केही बेरमा पत्रकार सम्मेलन

फागुन २८, २०७४
प्रधानमन्त्री ओली विमानस्थलमा, दुर्घटनाबारे केही बेरमा पत्रकार सम्मेलन

काठमाडौं २८ फागुन– एयर बंगलाको बिमान दुर्घटना भएपछिको अबस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुगेका छन् । 

गृहमन्त्री रामबहादुर थापा सहित उच्च सरकारी अधिकारी विमानस्थलमा पुगेका छन् । नेपालका लागि बंगलादेशका राजदूत पनि विमानस्थलमा पुगेका छन् । 

घटनाको सम्बन्धमा विमानस्थलमा पत्रकार सम्मेलनको आयोजन ागर्ने तयारी भइरहेको त्यहाबाट लोकान्तर सहकर्मी प्रशान्त ओझा र इश्वर अर्यालले जनाएका छन् ।

६७ यात्रु र चालक दलका ४ सदस्य सहितको बिमान सोमवार बिमानस्थलमा दुर्घटनामा परेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्