०४ असार २०८३, बिहीबार

हेर्दाहेर्दै विमान हरायो, आगोको मुस्लो देखियोः प्रत्यक्षदर्शी

फागुन २९, २०७४
हेर्दाहेर्दै विमान हरायो, आगोको मुस्लो देखियोः प्रत्यक्षदर्शी

काठमाडौं, २९ फागुन– हामी अफिसको सातौं तलामा बैठकमा थियौं । त्यहाँबाट विमानस्थलको सम्पूर्ण दृश्य राम्ररी देखिन्थ्यो । 

त्यो बेला करिब दुई बजेर १६ मिनेट गएको थियो । मैले बंगलादेशको युएस बंगाल जहाज पेप्सीकोला माथिबाट अत्यन्तै तलबाट उड्दै आएको देखें । हेर्दा त्यहाँका घरमै ठोकिन्छजस्तो थियो । त्यो अनियन्त्रितजस्तो देखियो ।

जविमानको त्यो अवस्था देख्नेबित्तिकै मलाई त्यसमा समस्या छ जस्तो लाग्यो । कार्यकक्षमा रहेका अन्य सहकर्मीले पनि विमानको त्यो अवस्था देखे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कन्ट्रोल टावरको माथिबाट हुँदै त्यहाँ रोकेर राखिएको थाई एयरको विमानलाई छुँलाछुँलाजस्तो गरी माथिबाट त्यो विमान उडेको जस्तो देखियो ।

मलाई त त्यहाँ उडानका लागि तयार अवस्थामा रहेको सौर्यको एयरलाइन्सको प्लेनमा गएर ठोकिन्छझै लागेको थियो । विमान धावनमार्ग (रन वे) भन्दा फरक दिशामा थियो । धावनमार्ग एकातिर छ तर त्यो विमान अर्को्तिर गएको देख्नेबित्तिकै हामीलाई अब दुर्घटनामा र्पयो भन्ने भयो । 

किनभने पेप्सीकोलातिरबाट आएको प्लेनको दायाँ चक्काले मात्र जमिन (ग्राउन्ड) छोएको देखियो । त्यत्तिकैमा त्यो विमान अनियन्त्रित भएर हरायो । हराएको एक सेकेन्डमै आगोको ठूलो मुस्लो देखा पर्यो । त्यतिबेला ठ्याकै दुई बजेर १८ मिनेट गएको थियो । 

विमानबाट निस्किएको मुस्लो माथिसम्म पुगेको थियो होला । त्यसको एक(दुई मिनेटमा त त्यहाँ दमकल आगो निभाउन पुगिसकेका थिए । बाटोभरि एम्बुलेन्सको आवाज सुनिन थालेको थियो, अन्नपूर्ण पोस्टमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्