०१ असार २०८३, सोमबार

प्रधानन्यायाधीलाई न्यायाधीशले दिए यस्तो सुझाव

फागुन २९, २०७४
प्रधानन्यायाधीलाई न्यायाधीशले दिए यस्तो सुझाव

काठमाडौँ, २९ फागुन– सर्वोच्चका अधिकांश न्यायाधीशहरूले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई मुद्दा हर्ने कामबाट अलग हुन सुझाव दिएका छन् । सोमबार बसेको सर्वोच्चका न्यायाधीशहरूको आकस्मिक बैठक (फुलकोर्ट) मा अधिकांश न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीलाई न्याय सम्पादनको कामबाट अलग रहन सुझाव दिनुभएको हो ।

पराजुलीले सुझावबारे फुलकोर्टमा कुनै पनि जवाफ भने दिनुभएन । उहाँले आफू वैधानिक ढङ्गबाट प्रधानन्यायाधीश चयन भएको भन्दै आफ्नो बचाउ भने गर्नुभयो । प्रधानन्यायाधीश पराजुलीले नेतृत्व गरिरहनु भएको अदालतको अपहेलनासम्बन्धी एक मुद्दामा सुनुवाइ प्रक्रिया जारी रहेकै बेला न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘प्रधानन्यायाधीशले अवकाश पाइसकेको र सँगै बसेर मुद्दा नहेर्ने’ राय सार्वजनिक गर्नुभएको थियो । 

न्यायाधीश जबराको रायपछि सर्वोच्च अदालतको टिप्पणीमा डा. गोविन्द केसी तथा अधिवक्ता तोयानाथ ढुङ्गानाले कान्तिपुर पब्लिकेशन विपक्षी बनाई दायर मुद्दाको सुनुवाइ स्थगित भएको थियो । इजलास स्थगितपछि सोमबार साँझ फुलकोर्ट बसेको थियो ।, गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्