
काठमाडौं, २९ फागुन — काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परी ज्यान गुमाएका बंगलादेशी नागरिकहरूका परिवारजनलाई एक विशेष विमानमा काठमाडौं ल्याइएको छ ।
उक्त विशेष विमानमा दुर्घटनामा परेकाहरूका ४६ नातेदार र यूएस–बंगला एयरलाइन्सका सात अधिकारीहरू रहेका थिए । त्यो विमान स्थानीय समयअनुसार बिहान ९ बजेर २ मिने जाँदा हजरत शाहजलाल विमानस्थलबाट उडेको थियो ।
सोमवार भएको यूएस–बंगला विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
ढाका ट्रिब्यूनबाट