×

NMB BANK
NIC ASIA

विमान दुर्घटनापछि पर्यटन उद्योग झसङ्ग, नकारात्मक सन्देश फैलिने चिन्ता

फागुन ३०, २०७४

NTC
Photo : AFP
Premier Steels

काठमाडौं, ३० फागुन-सोमवार नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को दुर्घटनाले नेपाली हवाई आकाशको सुरक्षाको विषय फेरि बहसमा आएको छ । यससँगै लामो समयदेखि हवाई यात्राको असुरक्षाको कारण पर्यटकहरू आगमन उल्लेख्य हुन नसकेको विषय फेरि सतहमा आएको छ ।

Muktinath Bank

नेपालको भौगोलिक अवस्था, विमानस्थलको अवस्था तथा कमजोर पूर्वाधारका कारण असुरक्षित भनिएको नेपाली हवाई आकाशमाथि, एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाले प्रश्न चिह्न खडा भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यति मात्र होइन, विमान दुर्घटनाले नेपाली पर्यटन उद्योगमा समेत असर पार्ने निश्चित प्रायः रहेको सरोकारवालाहरू बताउँछन् । पर्यटन उद्योग मानिसको समवेदनासँग प्रत्यक्ष सरोकार राख्ने हुँदा नेपाल भ्रमण वर्ष सन् २०१८ मा राखिएको लक्ष्यमा पनि असर पर्ने आशंका गर्न थालिएको छ ।


Advertisment
Nabil box
Kumari

अहिलेसम्मका विमान दुर्घटनाका अवस्थाले नेपालमा हवाई उड्ययन निकै असुरक्षित रहेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २००९ मा सुरक्षा संवेदनशीलताका लागि केही सुझाव दिए पनि सन् २०१३ मा सुझाव कार्यान्वयन नभएको भन्दै कालो सूचीमा  राखेको थियो ।

Vianet communication

यतिमात्र नभई उसले नेपालको उड्डयन खतरापूर्ण रहेको भन्दै २०१३ को डिसेम्बर ५ देखि नेपाली वायुसेवा कम्पनीलाई युरोप उडानका लागि बन्देज समेत लगाएको थियो । धावनमार्ग ठीक नहुनु, भौगोलिक बनावट र कतिपय रुटमा क्षणभरमै बदलिने मौसम, पुराना जहाज, सुरक्षासम्बन्धी मापदण्डको पालनामा हेलचक्र्याईं नै नेपालमा दुर्घटना बढी हुने गरेको विज्ञहरू बताउँछन् ।

पर्यटक आगमनमा कस्तो असर ?

नेपालमा अहिलेसम्म पर्यटनप्रवर्द्धनात्मक कार्यक्रमकारूपमा ६ वर्ष मनाइएको छ भने सातौं अभियानका रूपमा सन् २०१८ मा विविधिप्रवर्द्धनात्मक कार्यक्रमहरू भइरहेका छन् । नेपाल भ्रमण वर्षका रूपमा सन् २०१८ लाई घोषणा गर्दा सरकारले १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको थियो ।

सन् १९९८ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै सरकारले पहिलोपटक औपचारिक रूपमाप्रवर्द्धनात्मक अभियान शुरु गरेको थियो ।

त्यसपछि सन् २००२ र २००३ मा गन्तव्य नेपाल अभियान, सन् २००७ लाई पोखरा भ्रमण अभियान, सन् २०११ लाई नेपाल भ्रमण अभियान, सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाएको थियो ।

यसैगरी २०१६÷१७ (२०७३) लाई आन्तरिक घुमफिर वर्ष र अहिले २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेको थियो ।

आन्तरिक तथा बाह्य पर्यटनप्रवर्द्धनका लागि घोषित यी अभियानहरूले सकारात्मक सन्देश दिए पनि पटक–पटक हुने विभिन्न खाले दुर्घटनाले राखिएको लक्ष्यअनुरूप भने पर्यटक भित्र्याउन नसकिनु दुःखद् कुरा भएको सरोकारवालाहरू बताउँछन् ।

विभिन्न दुर्घटनापश्चात संवेदनशील भएर सत्य–तथ्य कुरा अन्तर्राष्ट्रिय बजारलाई बुझाउन नसक्दा पर्यटन उद्योगमा समस्या देखिएको सरोकारवाला बताउँछन् ।

सोमवार भएको विमान दुर्घटनाका अपुष्ट कारणहरू जथाभावी सार्वजनिक हुँदा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०१८ को लक्ष्यमा पनि गम्भीर असर पर्ने सरोकारवालाको चिन्ता छ ।

यो दुर्घटनाको सत्यतथ्य कारण अन्तर्राष्ट्रिय बजारलाई बुझाउन नसके फेरि नेपाली हवाई आकाशबारे भ्रम फैलिने सरोकारवालाको चिन्ता छ । दुर्घटना पाइलटको असावधानीका कारण भएको प्रारम्भिक तथ्य सार्वजनिक भए पनि सञ्चारमाध्यमको आ–आफ्नै विश्लेषणका कारण असर पर्ने पर्यटन व्यवसायी दीपक महतले बताए ।

उनले लोकान्तरसँग भने, ‘नेपालको अन्तर्राष्ट्रिय पहुँच सिमित छ । साना–साना कुराले असर पारिरहेको हुन्छ । त्यसमाथि पर्यटकहरु घुम्न जाने रमाइलो गर्ने उद्देश्यले भएकाले सुरक्षित स्थान खोजिरहेका हुन्छन् । उनीहरुले नेपालबारे बुझ्ने सञ्चारमाध्यमबाट नै हो । त्यसैले सञ्चारमाध्यमले सत्य र एकै समाचार दिन नसके असर पर्ने हुन्छ ।’

अर्का एक विश्लेषक डा. प्रेम शर्मा भन्छन्, ‘दुर्घटनापछि सार्वजनिक भएको एयर कन्ट्रोल रुम र पाइलटबीचको कन्र्भसेसन जथाभावी सार्वजनिक भइरहेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा फेरि नेपाल आफ्नो हवाई यातायातको व्यवस्थापनप्रति गम्भीर छैन भन्ने बुझिएको छ ।’

उनी भन्छन्, ‘प्राधिकरणले विमानस्थलबारे स्पष्ट जानकारी दिन नसकेको हो कि भन्ने शंका उब्जिएको छ । यसले नेपाल घुम्न आउने पर्यटकहरुले सोच्नुपर्ने बेला आएको छ ।’

अन्तर्राष्ट्रिय रूपमा सुरक्षित हवाई कनेक्टिभिटी बढाउनु नै नेपालमा पर्यटक आगमनको प्रमुख उपाय भएकाले यसमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

सरकारले वार्षिक अभियानका रूपमा शुरु गरेको नेपाल भ्रमण वर्ष सन् १९९८ ले नेपाली पर्यटन उद्योगमा निकै सकरात्मक तरंग ल्याए पनि त्यसपछि पटक–पटक घटेका विभिन्न घटना पर्यटक आगमनमा असर देखिरहेको पर्यटक पथ पर्दशक (टूर गाइड) पारसमणि अंगाईं बताउँछन् ।

एक दशकदेखि पर्यटकहरुसँग हिडिरहेका अंगाईं भन्छन्, ‘पश्चिमा देशहरूमा मानिस साना–साना कुराले डराउँछन्, त्यसमाथि उनिहरू आफ्नो व्यस्त जीवनशैलीबाट तनावग्रस्त रहँदा आफ्नो विदामा रमाइलो गर्न आउँने हुँदा सुरक्षित र रमाइलो गन्तव्य खोज्छन् । तर नेपालमा सरकारले पर्यटनप्रवर्द्धनमा औपचारिक रूपमा लागेपछि पटक–पटक विभिन्न दुर्घटनाहरू भए, ती दुर्घटनाको सत्यतथ्य विवरण अन्तर्राष्ट्रिय बजारलाई बुझाउन नै सकेनौं ।’

‘कला, संस्कृति, इतिहास, प्रकृति सबैको बरदान पाएको तिमीहरूको यति राम्रो सानो देश विपत्तिमा रुमल्लिनु परेको छ,’ पूर्वी युरोप लिथुआनियाबाट पटक–पटक नेपाल घुमेका एक जना विदेशीले दुर्घटनाको समाचार सोमवार सार्वजनिक भएलगत्तै फोन गरी भनेको कुरा सम्झिँदै टुर गाईड अंगाईं भन्छन्, ‘पर्यटन उद्योगमा अलिकति सकारात्मक तरंग आउनेवित्तिकै आउने यस्ता घटनाले पर्यटकको मनस्थितिमा असर पार्छ ।

सोमवारको घटनाले प्रत्यक्षरूपमा असर नपारे पनि दुर्घटनाको सत्यतथ्य कारण सार्वजनिक गर्दा सञ्चारमाध्यम र अन्य सम्बन्धित निकायले संयम हुनैपर्छ ।’

सरकारले सन् २०१८ मा १० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा मार्चको मध्यान्तरमा चलिरहँदा पर्यटकको आगमन उत्साहपूर्ण रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x