२३ असार २०८३, मंगलबार

आँखा सन्काएर चर्चामा आएकी प्रिया प्रकाशको बबाल फोटोशूट

आँखा सन्काएर चर्चामा आएकी प्रिया प्रकाशको बबाल फोटोशूट

काठमाडौं, १ चैत — आँखाको इशाराले करोडौं दिल लुट्ने प्रिया प्रकाश वारियर फेरि एकपल्ट समाचारमा छाएकी छन् । अहिले प्रियाले एक फोटोशूट गराएकी छन् । 

फोटोशूटमा प्रियाले गुलाबी रंगको गाउन लगाएकी छन् । वूडपेकर फोटोग्राफ्सले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनका तस्वीरहरू शेयर गरेको छ । फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

प्रियाका प्रशंसकहरू उनको यो लूकलाई खुबै मन पराइरहेका छन् । भ्यालेन्टाइन डेभन्दा एक दिनअघि प्रिया प्रकाशको पहिलो मलयालम फिल्म उरु उदार लभको एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा उनी
सहकलाकारसँग आँखाको इशारामा कुराकानी गरेकी देखिन्छिन् । 

पछि उनले फ्लाइङ किस गरेको भिडियो आयो अनि मानिसले त्यसलाई पनि खुबै मन पराए । यो सीनलाई कपी गर्न खोजेर पनि धेरै भिडियोहरू बनाइए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्