०७ असार २०८३, आइतबार

पाेखरा घुम्न अाएका विदेशी पर्यटककाे मृत्यु

पाेखरा घुम्न अाएका विदेशी पर्यटककाे मृत्यु

पोखरा, १ चैत– पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ लेकसाइडस्थित एक होटलको कोठामा बस्तै आएका एक विदेशी आज मृतावस्थामा फेला परेका छन् । 

लेकसाइडको होटल ह्वाइट पियर्लको कोठा नं ७०१ मा २८ वर्षीय युक्रेनी आनपोन कुज्निफोब बिहान मृतावस्थामा भेटिएको प्रदेश नं ४ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । 

उनका अनुसार फागुन २८ गतेदेखि कोठामा एक्लै बस्तै आएका उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा उपचारका लागि लगिएकामा चिकित्सकले आठ घण्टा अगाडि नै मृत्यु भएको घोषणा गरेका थिए । 

कमेन्ट गर्नुहोस्