०१ असार २०८३, सोमबार

कामु प्रधानन्यायाधीश भन्छन् :  नागरिकको न्यायका लागि काम गर्छु

कामु प्रधानन्यायाधीश भन्छन् :  नागरिकको न्यायका लागि काम गर्छु

काठमाडौँ, १ चैत - कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपालिकाको सुधारका लागि कार्यान्वयनमा रहेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयन गरी नागरिकको न्यायका लागि काम गरिने बताएका छन्  । 

कामु प्रधानन्यायाधीशको जिम्मेवारी आज सम्हालेपछि कानून तथा न्याय मामिला पत्रकारसँग कुराकानी गर्दै उनले  अदालत भनेको नागरिकको सुरक्षा गर्ने महत्वपूर्ण संस्था भएकाले हरदम तिनको न्याय र भलाइका लागि काम गरिने प्रतिबद्धता व्यक्त गरे । 
न्यायपालिकाको रणनीतिक योजनालाई नै प्राथमिकतामा राखिने बताउँदै उनले भने, “यदि कहीँ कतै बिग्रेको छ भने त्यो अरु कसैको नभएर हाम्रै कारणले भएकाले अरुलाई दोष नदिई त्यसमा समाधान गर्न प्रयत्नशील रहनेछु ।”
 न्यायपालिकाप्रति अपनत्व र सर्वसाधारणप्रति जनआस्था वृद्धि गर्न लागिपर्ने बताउँदै उनले  अदालत तथा माताहतका अदालतमा मुद्दाको संख्या घटाउन न्यायको वैकल्पिक उपाय मेलमिलाप तथा स्थानीय न्यायिक समितिबाटै मेलमिलाप गरेर सामान्य विषय टुङ्ग्याइने बताए  । 

salt training

कमेन्ट गर्नुहोस्