०१ असार २०८३, सोमबार

फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालय प्रस्ताव

चैत २, २०७४
फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालय प्रस्ताव

काठमाडौं, २ चैत– प्रधानमन्त्री केपी ओलीले दुई दिनभित्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकार गठन भएको एक महिनापछि उनले संघीय समाजवादी फोरमलाई समेत समेट्दै सरकारलाई पूर्णता दिन लागेका हुन्। 

राष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनपछि सरकारलाई पूर्णता दिने योजना बनेपछि संघीय समाजवादी फोरमसँग राजनीतिक सहमति गर्ने तयारी लम्बिएको थियो। तर, बिहीबार माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्रीले फोरमलाई समेत समेटेर दुई दिनभित्रै सरकारलाई पूर्णता दिने निष्कर्ष निकालेका हुन्।

संघीय फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालयसँगै एक राज्यमन्त्री दिने प्रधानमन्त्री ओली र प्रचण्डबीच मोटामोटी समझदारी भएको छ। यो समझदारीलगत्तै फोरमसँग राजनीतिक सहमतिका लागि अन्तिम ‘निर्णायक वार्ता’ टुंग्याएर सरकारलाई पूर्णता दिने तयारीमा ओली छन् ।, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्