१८ असार २०८३, बिहीबार

मुख्यमन्त्रीहरूसँग छलफल गर्ने प्रधानमन्त्रीको तयारी

चैत २, २०७४
मुख्यमन्त्रीहरूसँग छलफल गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं, २ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारलगत्तै सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बस्ने तयारी गरेका छन् । कनून र समन्वय तथा बजेट एवं कर्मचारी अभावले प्रदेश सरकार अन्योलमा देखिएकाले प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने गृहकार्य गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ र शेरधन राईसँग एकसरो छलफल गरिसकेका छन् । प्रदेश सरकार गठनपछिका अनुभव र चुनौतीबारे उनीहरूले प्रधानमन्त्रीलाई जानकारी गराए ।
 
प्रदेश सरकार गठनपछिका अनुभव र चुनौतीबारे मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई जानकारी गराए । ‘केन्द्र सरकार र प्रदेश सरकारका काममा एकरूपता ल्याउन, आवश्यक कानुन निर्माणलाई तीव्रता दिन समन्वयका लागि प्रधानमन्त्रीज्यूले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बोलाउने तयारी गनुभएको छ,’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने, ‘सम्भवत एक साताभित्रै बैठक बोलाउनु हुनेछ ।’, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्