३१ जेठ २०८३, आइतबार

च्याम्पियन्स लिगमा मेसीले पुरा गरे  १०० गोल

चैत २, २०७४
च्याम्पियन्स लिगमा मेसीले पुरा गरे  १०० गोल

म्याड्रिड, २ चैत-बार्सिलोनका प्लेमेकर लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा सय गोल पूरा गरेका छन् ।

च्याम्पियन्स लिगमा सय गोल पूरा गर्ने मेसी दोस्रो खेलाडी हुन् । यसअघि रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सय गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

मेसीले बुधबार राति चेल्सीविरुद्ध अन्तिम १६ को दोस्रो लेगमा दुई गोल गर्दै सय गोलको कोसेढुंगा पार गरेका हुन् ।

मेसीकै दुई गोलको सहयोगमा बार्सिलोनाले समग्रमा चेल्सीलाई ४–१ ले हराउँदै क्वार्टरफाइनल स्थान पक्का गरेको छ । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो, नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्