०५ असार २०८३, शुक्रबार

मन्त्रिपरिषद् विस्तार आज, को-को बन्दैछन् मन्त्री ?

चैत २, २०७४
मन्त्रिपरिषद् विस्तार आज, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ, २ चैत  - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्  । सरकार विस्तार हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरमबाट मन्त्री थपिनेछन् । 

शुक्रबार हुने मन्त्रिपरिषद् विस्तारमा प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल मन्त्री हुने सम्भावना रहेको स्रोतले जानकारी दियो । एमाले स्थायी कमिटीले आफ्नो पार्टीका तर्फबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दिएको छ । 

माओवादी केन्द्रले पनि मन्त्रीको टुङ्गो लगाउन बिहीबार पार्टीको बैठक आयोजना गरेको थियो । प्रवक्ता पम्फा भुसालले बैठकमा मन्त्रीका विषयमा केन्द्रित भएर छलफल भएको र मन्त्री सिफारिस गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको जानकारी दिइन्  । 

गोरखापत्र दैनिक लेख्छ -माओवादीमा जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, बीना थापामगर, गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ । माओवादीबाट यसअघि रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्  । माओवादीलाई भागबन्डामा सातवटा मन्त्रालय परेको छ । 
फोरम नेपाल पनि शुक्रबार हुने मन्त्रिपरिषद् विस्तारमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । तर, फोरमबाट मन्त्रीको सिफारिस भएर नआएको सचिवालयको भनाइ छ । यस विषयमा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच वार्ता हुनेछ । 
फोरम नेपाल अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरिरहेको छ । मन्त्रालयको विषयमा अझै निर्णय भइनसके पनि अध्यक्ष यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादव मन्त्री बन्ने चर्चा छ । भागबन्डामा फोरमले दुईवटा मात्रै मन्त्रालय पाउने सम्भावना छ । 
ने
प्रधानमन्त्री ओलीले फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई समेत सरकारमा सहभागी गराउने प्रयास गरे पनि राजपा तत्काल सरकारमा नजाने भएको छ । राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा जाने ठोस आधार तयार भइनसकेकाले तत्काल सरकारमा सहभागी नहुने बताए  ।

salt training

कमेन्ट गर्नुहोस्