
दाङ, २ चैत- जिल्ला जनस्वास्थ्य कार्यालय, दाङले आफूहरुले सञ्चालन र प्रयोग गर्दै आएको अधिकार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बिहीबार घोराहीमा जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले नगर प्रमुख नरुलाल चौधरीलाई नगर क्षेत्रको स्वास्थ्यका गतिविधि सञ्चालन तथा नियमन गर्नका लागि अधिकार हस्तान्तरण गर्नुभएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रवाह हुँदै आएका सेवा तथा नियमन गर्ने अधिकारसहित जिम्मेवारीको फाइल नगर प्रमुख चौधरीलाई हस्तान्तरण भएको हो ।
यसैबीच, नगरको स्वास्थ्य सेवालाई गुणस्तरीय र सुनिश्चित बनाउन नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा समितिसमेत गठन भएको छ ।